साउन २२, आइतबार २०७९
बैतडी —बैतडीको मेलौली नगरपालिका–७ स्थित मणिलेक माविमा विद्यार्थी बिरामी पर्न थालेपछि पढाइ प्रभावित हुने गरेको छ।
केही समय अघिदेखि सुरू भएको यो समस्याका कारण दैनिक ४ र ५ जना विद्यार्थी बेहोस हुने गरेको विद्यालयका प्रधानाध्यापक रमेश दत्त बागले जानकारी दिए ।
‘दैनिक ४ र ५ जना विद्यार्थी बेहोस हुन्छन, उनीहरूको पढाइ अवरूद्ध हुन्छ,’ उनले भने, ‘बिहान स्कुल आएर एक र दुई घण्टी पढेपछि उनीहरूमा यो समस्या सुरू हुन्छ। बेलुका विदा भइसकेपछि फेरि जस्ताको तस्तै भएर घर जान्छन ।
‘हामीले स्वास्थ्यकर्मीहरु लाई पनि यो समस्या सुनायौं,’ बागले भने, ‘स्वास्थ्यकर्मीले यो एक जनामा भएको देखेपछि अर्को व्यक्तिमा पनि हुने र यो खासै अप्ठ्यारो कुरा नभएको बताउनुभयो ।यहाँ समस्या हुने विद्यार्थीको पढाइ छुटेको छ ।’छात्रा बिरामी हुने क्रम नरोकिएपछि अभिभावक समेत चिन्तामा परेका छन ।