प्रदीप गिरीको निधनका कारण प्रतिनिधि सभाको बैठक स्थगित गर्ने तयारी

मेलौली न्यूज
भाद्र ०५ आईतबार,२०७९

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनका कारण प्रतिनिधि सभाको बैठक स्थगित गर्ने तयारी भएको छ ।

बैठक आइतबार बिहान ११ बजे बस्ने तय भएको थियो । आइतबार बस्ने प्रतिनिधि सभाको बैठक स्थगित गर्ने र सोमबार दिउँसो १ बजे बस्ने सम्भावना रहेको संसद सचिवालय स्रोतले जनाएको छ ।

कांग्रेसका नेता गिरीको निधनका कारण श्रद्धाञ्जली, अन्त्येष्टि लगायतका कार्यक्रममा सांसदहरु जानु पर्ने भएकाले बैठक स्थगित गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ ।

शनिबार राति साढे ९ बजे कांग्रेस नेता गिरीको निधन भएको थियो ।

Leave A Reply

Your email address will not be published.