पछिल्लो २४ घण्टामा एक सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


भदौ ११, शनिबार २०७९

काठमाण्डौ – पछिल्लो २४ घण्टामा एक सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार आठ सय ३९ जनाको नमूना परीक्षण गर्दा एक सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप तीन सय ९६ जना कोरोना संक्रमित निको भएका छन् । कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएन । अहिले नेपालमा तीन हजार ६ सय १२ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ४७ हजार एक सय ५२ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.