फेसबुकमा दलित भन्दै अपशब्द लेख्ने पञ्चेश्वरका प्रकाश चन्दलाई दुई महिना कैद

मेलौली न्यूज
भाद्र २६ आईतबार,२०७९

बैतडी जातीय रुपमा अपमान हुने सामाजिक सञ्जाल फेसबुकमा गालीगलौज गर्ने एक जनालाई दुई महिना कैद सजाय सुनाएको छ ।

जिल्ला अदालत बैतडीले जातीय रुपमा अपमान हुने गालीगलौज गर्ने पञ्चेश्वर गाउँपालिका ४ का प्रकाश चन्दलाई दुई महिना कैद, २५ हजार क्षतिपूर्ति र ५ सय जरिवनाको फैसला गरेको हो ।

चन्दले मेलौली नगरपालिका ५ का बलभद्र दयालाई २०७८ बैशाख ३ गते फेसबुकमा जातीय रुपमा अपमान हुने गरी गाली गलौज गरेका थिए । त्यस विरुद्ध दयालले दायर मुद्दामा जिल्ला अदालतले भदौ २० गते फैसला गरेको हो ।

अदालतले सजाय सुनाएका चन्द फरार छन् । उनी भारतमा बस्दै आएको प्रहरीको आशंका छ ।

Leave A Reply

Your email address will not be published.