प्रधानमन्त्री देउवासहित गठबन्धनका नेताहरु ६ गते धनगढी आउँदै


कात्तिक ५, शनिबार २०७९

धनगढी- प्रधानमन्त्री शेर बहादुर देउवा सहित गठबन्धन दलका नेताहरु धनगढी आउने भएका छन् । कैलालीको धनगढीमा भोलि ६ गते अथार्त आईतबार आउन लागेका हुन् ।

सत्ता गठबन्धन दलद्धारा आयोजना हुन लागेको प्रादेशीक चुनावी सभालाई सम्बोधन गर्न आइतबार धनगढी आउन लागेका हुन् ।

धनगढीमा आयोजना हुने सभामा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरु आउने काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले बताए ।

Leave A Reply

Your email address will not be published.