कालीकोटमा विस्फोटक वस्तु पड्किँदा एक बालिकाको ज्यान गयो, चार जना बालबालिका घाइते


कात्तिक १२, शनिबार २०७९

कालीकोट- कालीकोटमा विस्फोट वस्तु पड्किँदा एक बालिकाको ज्यान गएको छ । चार जना बालबालिका घाइते भएका छन् ।

कालीकोटको तिलागुफा नगरपालिका(१० रानाबाडामा विस्फोट वस्तु पड्किँदा चार वर्षीया झरना थापाको ज्यान गएको हो ।

यस्तै, तीन वर्षीया दर्शना राना, चार वर्षीया सरस्वती राना, पाँच वर्षीया मुस्कान राना र सात वर्षीय कमल थापा घाइते भएका हुन्। उनीहरु घर नजिकैको कोदोबारीमा खेलिरहेको अवस्थामा विस्फोटक वस्तु पड्किएको प्रहरी नायब उपरीक्षक डीएसपी जयश्वर रिमालले बताउनुभयो।

घाइतेहरु बालबालिकाहरुलाई जिल्लामा उपचार हुन नसक्ने भएपछि हेलिकप्टरमार्फत सुर्खेत लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.