पाटन नगरपालिकाको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न 

मंसिर २५,२०७९

बैतडी- बैतडीको पाटन नगरपालिकाको चालु आर्थिक वर्षको पहिलो चौमासिकको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा आइबार सार्बजिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । नयाँ जनप्रतिनिधिहरुको पहिलो कार्यकाल र आर्थिक वर्षको समेत पहिलो सार्बजनिक सुनुवाई भएकाले आगामी कार्यनितिका बिषयमा बढी चर्चा भएको थियो । सार्बजनिक सुनुवाई कार्यक्रममा कर्मचारीको अभाव भएको बताइएको थियो ।

स्वीकृत दरबन्दी भन्दा आधा पनि कर्मचारी नरहेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी दत्त भट्टले जानकारी दिए । वडा स्तरीय ३०८ र नगर स्तरीय १३८ गरी ४४६ योजना कार्यान्वयन हुने पनि नगरपालिकाले जनाएको छ । सबै योजनाहरु सम्झौताको तयारीमा गएको बताइएको छ । 

नगरपालिकाले पहिलो चौमासिकमा ११ लाख ३८ हजार २८०रुपैया राजस्व संकलन गरेको विवरण पनि सार्बजनिक गरिएको छ । यस अवधिमा ८६ व्यावसायिक योजना समेत दर्ता भएको विवरण सार्बजनिक गरिएको छ । 

त्यसैगरी पाटन नगरपालिका ८ को वडा कार्यालय भवन, आधारभुत स्वास्थ्य केन्द्र पाटन १० हतास र मिल्लि सिराडी कौलखुडा सयुक्त सिचाई योजनाको ठेक्का समेत आह्वान भइसकेको छ । 

बिवादरहित ढंगले विकासका कामहरु गर्न नगरपालिका तयार रहेको नगर उपप्रमुख कमल बोहराले बताए । नगर प्रमुख गौरी सिंह रावलले सबै कर्मचारी, जनप्रतिनिधी र सम्बन्धित निकायबाट अपेक्षा अनुसारको सहयोग पाइएको अवस्थामा नगरपालिकाले केहि नमुना कामहरु गर्न सकिने बताए । 

नगरपालिकामा चालु आर्थिक वर्षमा ७० करोड ४१ लाख ७४ हजार ८४८ बजेट प्राप्त भई कार्यान्वयनको चरणमा छ । 

Leave A Reply

Your email address will not be published.