बैतडीमा जिल्ला स्तरिय कृतिक घटना अभ्यास सम्पन्न

मेलौली न्यूज
पुस ०७ बिहीबार,२०७९

बैतडी–विपद व्यवस्थापन समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी बैतडी जिल्ला शाखाद्धारा संचालित पश्चिम विपद पुर्व तयारी परियोजनाको सहयोगमा २०७९ पौष ६ गते बैतडीको टुडीखेलमा भुकम्प तथा आगलागि सम्बन्धि कृतिम घटना अभ्यास सम्पन्न भएको छ।

जिल्ला स्थित विपद व्यवस्थापन समितिका विभिन्न ९ वटा विषयगत शाखाहरुको सहभागिता तथा समन्वयमा सो अभ्यास संचालन गरिएको थियो। सो कार्यक्रममा हुनमानध्वज गुल्मका नेपाली सेनाले आगलागिको बारेमा संचेतना तथा अभ्यास गरि आगो निभाउने विषयमा जानकारी प्रदान गरेको थियो भने शसस्त्र प्रहरी बलले गहिरो खोंचमा फसेका व्यक्तिलाई डोरीको माध्यमबाट उद्धार गर्ने विधि प्रर्दशन गर्नु भएको थियो।

भुकम्पबाट प्रभावित घाईतेहरुलाई खोज तथा उद्धार कार्य गर्ने बिधिहरुबारे सुरक्षा निकाय तथा रेडक्रसका तालिम प्राप्त स्वयंसेवकहरुले खोज तथा उद्धार कार्यहरु गरि घाईतेहरुको उद्धार गर्नु भएको थियो ।

जिल्ला विपद व्यवस्थापन समितिका अन्तरगत रहेने समन्वय तथा संचार, शिक्षा, खोज तथा गद्धार, आवास तथा गैह् खाद्य, खानेपानी तथा सरसफाई, कृषि तथा जीविकोपार्जन, संरक्षण, स्वास्थ्य तथा पोषण क्षेत्र लगायतका विषयगत क्षेत्रहरुले विपदको अवस्थामा गर्नु पर्ने विभिन्न जिम्मेवारीहरुको बारेमा कृतिम घटना अभ्यासमा एक आपसमा समन्वय गरि प्रभावकारी सेवा तथा सहयोग गर्न सकिने विषयमा अभ्यास तथा समिक्षा गरिएको थियो।

नेपाल रेडक्रस सोसाइटी बैतडी जिल्ला शाखाका सभापति भीमदत्त पाण्डेय लगायत जिल्ला शाखाका पदाधिकारीहरु, नेरेसको केन्द्रका शेखर रेग्मी , समुदाय तथा जिल्ला स्तरका तालिम प्राप्त स्वयंसेवकहरु, उपशाखाका स्वयंसेवकहरु, जिल्ला स्थित विभिन्न निकायका प्रमुख एवं प्रतिनिधिहरु, नेपाली शेना, शसस्त्र प्रहरी बल, नेपाल प्रहरी, विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

जिल्ला विपद व्यवस्थापन समितिको क्षमता अभिवृद्धि हुने र विपदको पुर्व तयारी तथा प्रतिकार्यमा देखिन सक्ने समस्या तथा चुनौतीहरु समना गर्न सक्षमतामा अभिवृद्धि गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.