मेलौलीमा बिपद सम्बन्धी सचेतना मुलक सडक नाटक प्रर्दशन

दिपक राज दिर्घायु 
पुस ०९ शनिबार,२०७९ 

बैतडी-मेलौलीमा बिपद सम्बन्धी सचेतना मुलक सडक नाटक प्रर्दशन गरिएको छ। नेपाल रेडक्रस सोसाईटी पश्चिम बिपद पुर्ब तयारि परियोजना बैतडीले सचेतना मुलक सडक नाटक प्रर्दशन गरेको हो।

मेलौली नगरपालीका–०८ कोटिगाउ र वडा नम्बर–०९ बिशालपुरमा बिपद सम्बन्धी सचेतना मुलक सडक नाटक प्रर्दशन गरिएका नेपाल रेडक्रस सोसाईटी उप–शाखा मेलौलीका सभापति सुरत पार्किले बताए। मेलौली नगरपालीका–०८ र ०९ का दुईटै वडाका तिन–तिन ठाउमा सडक नाटक प्रर्दशन गरिएको उनले बताए।

कुनैपनि बिपद आउनु पुर्ब के केसरि सुरक्षा अपनाउने, मानब बस्तिमा चितुवालाई प्रबेश गर्न नदिन, भुकम्प र बाढि पहिरोबाट कसरि सुरक्षित रहन सकिन्छ भन्ने बिषयमा सडक नाटक प्रर्दशन गरिएको नेपाल रेडक्रस सोसाईटी उप–शाखा मेलौलीका सभापति पार्किले बताए।

सडक नाटक प्रर्दशन गरिएका समुदायहरुमा करिब पाच छ सय ब्यक्तिहरुले बिपद आउनुपुर्ब गरिने सुरक्षाका बिषयमा ज्ञान लिएको उनले बताए। मेलौली नगरपालीका–०८ र ०९ का दुईटै वडाहरुमा कुनैबेला पनि बिपद आयो भने सुरुक्षाका सामग्री सहित उद्धार टोली समेत तयार परिएको छ।

साथै नेपाल रेडक्रस सोसाईटी पश्चिम बिपद पुर्ब तयारि परियोजनाले पञ्चेश्वर गाउपालीका–१मा पनि बिपद सम्बन्धी सचेतना मुलक सडक नाटक प्रर्दशन गरेको छ।

Leave A Reply

Your email address will not be published.