शिबनाथ कृषि बहुउद्धेश्यीय सहकारीको पाचौँ बार्षिक साधारण सभा सम्पन्न

दिपक राज दिर्घायु
पुस ०९ शनिबार,२०७९

बैतडी-शिबनाथ गाउपालीका–०२ शर्मालीमा रहेको शिबनाथ कृषि बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको पाचौँ बार्षिक सधारण सभा सम्पन्न भएको छ। शनिबार एक कार्यक्रमका बिच पाचौँ बार्षिक सधारण सभा सम्पन्न भएको सहकारीका अध्यक्ष हरि सिह बिष्टले बताए।

संस्थाका अध्यक्ष बिष्टको सभापतित्वमा सञ्चालन गरिएको साधारण सभाले विभिन्न प्रतिवेदन उपर छलफल गरि सम्पन्न गरेको हो। सहकारी मूल्य, मान्यता र सिद्धान्तहरुको अनुसरण गर्दै सदस्यलाई सेवा प्रवाह गर्दै आएको सहकारीका अध्यक्ष बिष्टले बताए।

सभाले कुन्धा साउदको अध्यक्षतामा १३ सदस्यीय नया कार्य समिति चयन गरेको छ। सस्थाको उपाध्यक्षमा ईश्वरि कलौनि, सचिब दिपक सिह साउद, सदस्यहरुमा सिता साउद, पानु साउद, बिर राम सुनि, निर्मला भण्डारी साउद, राजेन्द्र भट्ट, तेज सिह साउद, मान सिह साउद, रेखा साउद, राजेन्द्र चाड, जमना तिर्वालाई चयन गरिएको छ।

सस्थामा हालसम्म १५ सय २ सेयर सदस्य रहेका छन। साभामा आर्थिक बर्ष ०७९ मंसिर मासान्त सम्मको प्रतिबेदन प्रस्तुत गरिएको थियो । जस अन्तरगत शेयर ३५ लाख ३५ हजार २००, बैंक हिसाब २६ लाख ७७ हजार ४३, कोष हिसाब ११ लाख १८ हजार ३६६, ऋण लगानि १ करोड ८७ लाख २४ हजार ४४, बचत हिसाब १ करोड ५४ लाख २८ हजार ४८८, नेफ्स्कून लगानि ४७ हजार ७९८, अनुदान ४१ लाख ५८ हजार ५९३ र सस्थाको सम्पति ३९ लाख ९६ हजार ५८२ रहेको जनाईएको छ।

सस्थाले हाल सम्म गरेको कुल कारोबार २ करोड ४५ लाख ४८ हजार ५५९ रहेको सस्थाका प्रबन्धक सरिता कलौनिले बताए। समाजमा छरिएर रहेका सानो सानो पुँजीलाई संकलन गरि उत्पादन मूलक र व्यवसायिक क्षेत्रमा समुचित तरिकाले परिचालन गर्न हर सम्भव प्रयास गरिरहेको सस्थाका प्रबन्धक कलौनिले बताए।

कार्यक्रममा प्रमुख अतिथि शिबनाथ गाउपालीका अध्यक्ष कर्णसिह साउद रहेको थिए। बिशिष्ट अतिथि पुर्ब सहकारी बिज्ञ जैराम सुनि, गाउपालीका उपाध्यक्ष सकुन्तोला साउद, वडा अध्यक्षहरु, बिद्यालयका प्रधानाध्यापकहरु, स्वस्थ्य चौकि प्रमुखहरु, सहकारीका शेयर सदस्यहरु लगायत बिभिन्न राजनितिकक्रमि र स्थानियहरुको बाक्लो उपस्थिति रहेको थिया।

साथै सधारण सभामा मेलौली प्रोडक्सनको प्रस्तुति र स्थानिय देउडा कलाकारहरु सास्कृतिक प्रस्तुति पनि रहेको थियो। सधारण सभा कार्यक्रमलाई दिनभरि सामुदायिक रेडियो मेलौलीले प्रत्यक्ष प्रशारण पनि गरेको थियो।

Leave A Reply

Your email address will not be published.