- मेलौली न्यूज
पुस १८ सोमबार,२०७९
बैतडीको तल्लो स्वराड मेलौलीमा स्थापना भएको सामुदायिक रेडियो मेलौली एफएम १०१.२ मेगाहर्ज स्वराडको आवाज बिश्वसगं जोड्दै आजबाट तेस्रो वर्षमा प्रवेश गरेको छ। मेलौली सुचना तथा सञ्चार समुहद्वारा सञ्चालित सामुदायिक रेडियो आजबाट तेस्रो बर्षमा प्रबेश गरेको हो।
विःस २०७६ सालमा नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयमा दर्ता भई २०७७ पौष १८ गतेदेखि समृद्धि र विकासका लागी समावेशी आवाज आफ्नै बोली आफ्नै शैली नारा दिई रेडियोले आफ्नाृ प्रशारण यात्रा शुभारम्भ गरेकोे थियो।
मेलौली नगरपालिका–१ बाट प्रशारित एक सय वाट क्षमताको सामुदायिक रेडियो मेलौली सुदूरपश्चिम प्रदेशका ८ वटा जिल्लादेखि लिएर भारतका केही स्थानमा सुनिदै आएको छ। रेडियोलाई इन्टरनेट अनलाइनमा www.melaulinews.com बाट र हाम्रो पात्रो एप्सबाट पनि विश्वभर सुन्न सकिन्छ। रेडियोले दैनिक बिहान ५ बजेदेखि राती ११ बजेम्म आफ्नो १८ घण्टे प्रशारण यात्रा निरन्तर गरिरहेको छ।
सामुदायिक रेडियो मेलौलीले एफएम १०१.२ मेगाहर्जले दैसनक रुपमा सुचना, समाचार, सस्कृति झल्काउले कार्यक्र, मनोरञ्जनका साथै घरेलु हिंसा, र्दुव्यसन, कु–संस्कार, बालबिवाह बिरुद्ध बिभिन्न चेतना मुलक कार्यक्रम गरेर सबैलाई सचेत गर्दै आएको छ।
रेडियोले समाजमा हुने बेथिती, अपराध र भ्रष्टचार बिरुद्ध आफ्नो आवाज शशक्त हिसाबले बुलन्द गरी रहने रेडियो स्टेशन म्यानेजर लक्ष्मण बिसिले बताए। रेडियोले सिआइएनको सहकार्यमा सिआइन खवर लगायतका विभिन्न कार्यक्रमहरु प्रशारण गरी सामाजिक रुपान्तरणको अभियान सञ्चालन गरिरहेको उनले बताए।
रेडियोले कृषि पेशालाई व्यवसायिकतामा लैजान प्रेरित गरी आर्थिक संमृद्धिसंग जोड्न पहल गर्ने, सार्वजनिक चाँसोका विषय तथा विकासका पूर्वाधारहरुमा विशेष वहस तथा छलफलमा जोड दिने, भ्रष्टाचार, कुरिती, असुरक्षा, हत्या र हिंसा जस्ता विकृति हटाई भव्य र सभ्य समाज निर्माणमा आवाज उठाउने रेडियोका अध्यक्ष कृष्णदत्त भट्टले बताए।
यसैगरि रेडियोले बालबालिका केन्द्रित, महिला अधिकार केन्द्रित कार्यक्रम, रुपान्तरणका सवालमा सम्वाद, प्रतिभा प्रस्तुतिकरण र मनोविमर्श सेवा जस्ता सचेतना मुलक कार्यक्रम तथा संगित एव् मनोरन्जनात्मक कार्यक्रमहरुलाई अझ निरन्तरता दिने उनले बताए।
रेडियोले समयक्रमानुसार कार्यक्रम र समाचारलाई समेत परिमार्जन र विकसित गर्दै लगेको तथा आवश्यकता अनुसार थप परिमार्जन एवंम परिष्कृत गर्दै लैजाने समेत रेडियोका अध्यक्ष भट्टले बताए।
बिभिन्न समसामहिक, मनोरन्जनात्मक तथा सुचनामुलक कार्यक्रमहरु प्रशारण गर्दै आएको रेडियो मेलौलीले श्रोता, विज्ञापन दाताहरुबाट आज सम्म पाएको माया आउँदा दिनमा पनि निरन्तर पाई रहने बिश्वास लिएको छ।
यसैबीच रेडियो मेलौलीले तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा आगामी दिनको प्रशारणमा सामाजिक रुपान्तरणको अभियानलाई अझ सशक्त बनाउने बताएको छ। यतिञ्जेल सम्मको यात्रामा साथ र सहयोग गर्नु हुने सम्पूर्ण स्रोता महानुभाव, विज्ञापनदाता, कर्मचारी, विभिन्न स्थानीयतहका जनप्रतिनिधि, सहकार्यमा रहेका विभिन्न संघसंस्था, व्यवसायिक क्षेत्रका प्रतिनिधिहरु एव् सम्पूर्ण शुभचिन्तक हरुमा हार्दिक कृतज्ञता सहित अगामी दिनहरुमा समेत निरन्तर साथ र सहयोगको अपेक्षा सहित सम्पूर्णमा हार्दिक अभार व्यक्त गरेको छ।
Mero ghar baitadi सिवानाथ वार्ड नंबर 5 कुलाकोट ho अहिले m इंडिया मुंबई maharathat thane बाट hu