जिल्ला प्रशासन कार्यालय बैतडीमा ‘सूचना प्रविधि सहायता कक्ष’ सञ्चालनमा 

 पुस १९, २०७९

बैतडी – जिल्ला प्रशासन कार्यालय बैतडीमा सूचना प्रविधि सहायता कक्ष सञ्चालनमा आएको छ । मंगलबार पहिलो दिन १४ जनाले सेवा लिएका छन् ।

सेवा प्रवाहमा प्रबिधिको प्रयोग बढ्दै गएको अवस्थामा प्रविधिमा सबै सेवाग्राहीको पहुँच समेत नपुग्ने भएकाले सबै सेवाग्राहीको सहजताका लागि सूचना प्रविधि सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । राहादानी र राष्ट्रिय परिचय पत्र प्रदानका लागि उक्त कक्षबाट सहायता प्रदान गरिने जनाइएको छ । 

जिल्ला प्रशासन कार्यालय बैतडीमा सेवा प्रवाहमा टाइमकार्ड लागु हुने भएको छ । सेवाग्राहीको उच्च चाप, न्युन जनसक्ती, कमजोर पुर्वाधार लगायतका अनेक चुनौतीहरुको बावजुत कार्यान्वयनमा ल्याउन खोजिएको उक्त परिक्षणान हाललाई पूर्ण कागजात सहित सम्बन्धित शाखाले रुजु गरेको एक घण्टाभित्र नै सेवाग्राहीलाई सेवा दिन प्रतिबद्धता समेत जनाइएको छ । 

Leave A Reply

Your email address will not be published.