मेलौलीका युवा बिष्टद्धारा आगामि चुनाबको लागि उम्मेदवारी घोषणा

दिपक राज दिर्घायु
पुस २० बुधबार,२०७९

बैतडी-मेलौली नगरपालीका-०८ कोटिगाँउका युवा मदन सिह बिष्टले आगामि चुनाबको लागि आजै उम्मेदवारी घोषणा गर्नु भएको छ। समाजिक सञ्जाल फेसबुक मार्फत बिष्टले आगामि २०८४ सालमा हुने स्थानिय तहको चुनाबमा वडा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन।

हाल रोजगारिका लागि कोरियामा रहेका बिष्टले आफ्नो गाउ आफै बनाउ भन्दै आफ्ना गाउका जनताहरुको सेवा गर्ने र अवस्था परिबर्तन गर्ने हेतुले स्वतन्त्र उम्मेदवारि दिने बताएका हुन।

उनले आफ्ना चुनाबि एजेण्डा स्वास्थ्य, शिक्षा, सडक निमार्ण, बिद्युत, खानेपानि, सञ्चारको गुणात्मक गुणस्तर बिकास गर्ने रहने उल्लेख गरेका छन।

उनले आफु निर्बाचित भएपछि प्रत्येक टोलमा सुबिधा सम्पन्न सुत्केरि घर र सुत्केरि स्याहारको लागि १५ हजार दिने, दुर्घटनामा परि घाईते भएकाहरुलाई उपचारका लागि ५१ हजार दिने, प्रत्येक ६ महिनामा जनताको घरदैलोमै स्वास्थ्यक्रर्मि लगि स्वास्थ्य चेकजाच गरि समस्या भएकाहरुको निःशुल्क उपचार गर्ने, गरिबलाई कृया खर्च बाफत १३ हजार आफुले पाउने सेवा सुबिधाबाट खर्च गर्ने बताएका छन।

उनि कृषि र पशु सम्बन्धिको आफै प्राबिधिक भएकाले निःशुल्क ज्ञानसिप दिने तथा जातिय भेदभाव जरैदेखि उखेल्ने समेत बताएका छन।

यदि आफुले उल्लेख गरेका प्रतिबद्धताहरु कार्यान्वयन नगरेको खण्डमा जनताबाट सहजै जुत्ताको माला ग्रहण गर्न तयार रहने बताएका छन। उनले घोषणा गरेको उम्मेदवारि र गरेका प्रतिबद्धताहरुको समाजिक सञ्जालमा सबैले प्रशंसा गरिरहेका छन।

बिष्टले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको उम्मेदवारी घोषणाको स्टाटस्!

Leave A Reply

Your email address will not be published.