बैतडीमा स्कारपियोको ठक्करबाट एक महिला घाइते 

पुस २२, २०७९
बैतडी-बैतडीमा स्कारपियोले ठक्कर दिँदा एक महिला घाइते भएकी छन् । दार्चुलाबाट धनगढीका लागि आइरहेको भे १ च २९५१ नम्बरको स्कारपियोले दोगडाकेदार गाउापालिकाको दोली भन्ने स्थानमा सोही वडाकी ६८ वर्षीया धुरी ठगुन्नालाई ठक्कर दिएर घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते ठगुन्नाको खुट्टा र टाउकोमा चोट लागेको छ । उपचारका लागि उनलाई धनगढी पठाइएको छ । चालक दोगडाकेदार गाउँपालिका ६ का हरिसिंह कार्की र स्कारपियोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

Leave A Reply

Your email address will not be published.