बैतडी -बैतडीको मणिलेक माद्यमिक विद्यालयले जुनियर रेडक्स सर्कल र बाल क्लवको संयुक्त आयोजनामा पालिका स्तरीय हाजिरी प्रतियोगिता गर्ने भएको छ ।मेलौली नगरपालिका भित्र रहेका ११ वटै माध्यमिक विद्यालयको सहभागीता रहनेगरी हाजिरीजवाफ प्रतियोगिता गर्न भएको हो ।
मणिलेक माद्यमिक विद्यालयका प्रधानाध्यपक रमेश दत्त बागले एक सूचना जारी गर्दै मेलौली नगरपालिकाका ११ वटै विद्यालयलाई हाजिरी जवाफ प्रतियोगितामा उपस्थितको लागि सुचना मार्फत अनुरोध गरेका छ्न ।
प्रधानाध्यपक बागले विद्यार्थीहरुको बौद्धिक ज्ञानको वृद्धि र विद्यालयमा पढेका कुराहरु आजसम्म कति जानेबुझेका छन भन्ने विषयको मुल्यांकनको लागि उक्त कार्यक्रमले टेवा र्पुयाउने बताए ।
हाजिरी जवाफ प्रतियोगिता माघ १३ गते मणिलेक माद्यमिक विद्यालयको प्राङ्गणमा हुने छ ।