बैतडी –बैतडीको मेलौली नगरपालिका वडा न ५ खलिगाड स्थित दुर्गा माविले विद्यालय व्यवस्थापन समिति चयन गरेको छ । विहिबार विद्यालयमा भएको अभिभावक भेलाले तिलक सिंह पुजाराको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको हो ।
विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिएपछि पूर्व विव्यस अध्यक्ष समेत रहेका पुजाराको अध्यक्षतामा पुनः पुजाराकै नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको विद्यालयका प्रधानाध्यापक पदम राज जोशीले जानकारी दिए ।यस्तै विहिबारकै दिन अभिभावकको भेलाले शिक्षक अभिभावक संघ पनि गठन गरेको छ । गणेश सिंजाराको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरेको उनले बताए ।