बैतडीको पाटनमा एक जना मृत फेला

बैतडी-बैतडीमा एक जना मृत फेला छन् । डडेल्धुराको नवदुर्गा गाउँपालिका ५ का अन्दाजी २७ बर्षिय पदम अवस्थी पाटन नगरपालिका ६ को गबरजल  ढ्वानी  भिरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।
उनी आज  पौनी ४ बजे मृत फेला परेको प्रहरीले जनाएको छ । मृतका आफन्तले आफूहरु नपुगे सम्म शव नउठाउनु भनेपछि उनको शव घटना स्थलमा नै रहेको प्रहरी निरीक्षक खत्रीले बताए ।  उनको मृत्यु कसरी भयो भन्ने बारे नखुलेको र थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ

Leave A Reply

Your email address will not be published.