बैतडी – विश्व हिन्दु युवा संघको केन्द्रीय सदस्यमा बैतडीका शम्भु सिंह बिष्ट मनोनित भएका छन् । मेलौली नगरपालिका वडा नं ८ कोटीगाउ निवासी बिष्टलाई विश्व हिन्दु युवा संघको केन्द्रीय सदस्यमा मनोनित गरिएको हो ।
विभिन्न सामाजिक र धार्मिक कार्यमा सक्रिय बिष्टलाई विश्व हिन्दु युवा संघले धर्म संस्कृतिको संरक्षण र जगेर्नामा लागेको भन्दै केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।
संघका केन्द्रिय अध्यक्ष ऋषिकेशजंग शाहले बिष्टलाई केन्द्रीय सदस्यमा मनोनित गरेको पत्र पठाएका छन् ।हिन्दु धर्मको संरक्षण र सम्वद्र्धनमा लागेको विश्व हिन्दु युवा संघले देशैभरी आफ्नो संगठन विस्तार गरिरहेको छ । केन्द्रीय सदस्यमा मनोनित भएका बिष्टले हिन्दु धर्मको संरक्षणका लागि आफूले पहल गर्ने बताए ।