बैतडी- लागु औषध नियन्त्रणका लागि बैतडी प्रहरी सक्रिय भएको छ । गएको दशदिनमा बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक योगेश खत्रीको नेतृत्वमा खटिएको टोलीले लागु औषध चरेशसहित चारजनालाई पक्राउ गरेको छ ।
माघ २१ गते डिलाशैनी गाउँपालिका ६ गोकुलेश्वरका ५९ बर्षीया दत्तराम नाथलाई ३८ ग्राम चरेशसहित समातेको हो ।
गोकुलेश्वरमा रेनुका खुद्रा पसल सञ्चालन गरिरहेका नाथले पसलबाटै चरेशको कारोबार गर्ने गरेको सूचनाका आधारमा खानतलासी गर्दा उनलाई चरेशसहित पक्राउ गरिएको हो ।
यसअघि गएको शनिबार जिल्लाको दनपा ८ त्रिपुराका ५० बर्षीय नारायण सिंह थापालाई २८० ग्राम चरेससहित पक्राउ गरेको प्रहरीले गतआइतबार जिल्लाको दोगडाकेदार गाउँपालिका ७ का ५० बर्षीय बिरसिंह कार्कीलाई १९९ ग्राम चरेससहित पक्राउ गरेको थियो ।
यसका साथै लागु औषधको कारोबारमा संलग्न रहेको आरोपमा गत सोमबार जिल्लाको सुर्नया गाउँपालिका १ हटैराज गुर्केलीका २५ बर्षीय दिपक चन्दलाई १०० ग्राम चरेससहित पक्राउ गरिएको थियो । पक्राउ परेका चारै जनामाथि लागु औषध मुद्दा दायर गरेर जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको जनाएको छ ।
लागु औषधले समाजमा नकारात्मक प्रभाव पारिरहेकाले त्यसको नियन्त्रणका लागि प्रहरीले विशेष अप्रेशन सञ्चालन गरेको हो ।
चरेशका कारण लागु औषध दुव्र्यसनीमा फस्नेको संख्या बढ्दै गएकाले सक्रियता बढाएको बैतडीका प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बतमउनुभयो।
भारतसंग सीमा जोडिएको जिल्ला बैतडीमा लागु औषधको कारोबार भइरहेको पाईएको छ । यसले समाजमा विभिन्न खालका अपराध निम्त्याउन सक्ने बताइएको छ । प्रहरीले लागू औषध नियन्त्रणका लागि अप्रेसन जारि राख्ने जनाएको छ ।यसका साथै प्रहरीले लागुऔषध सम्बन्धि सचेतनामुलक कार्यक्रम पनि सञ्चालन गरेको छ ।
विनोद सिंह विष्ट