सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

धनगढी -सुदूरपश्चिम प्रदेश सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक भोली बिहिबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार सभामुखको आदेशअनुसार विशेष कारणले बैठक स्थगित गरिएको सुचनामा उल्लेख छ । स्थगित भएको बैठक प्रथम अधिवेशनको सातौँ बैठक हो।

Leave A Reply

Your email address will not be published.