जयपुर आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन, अध्यक्षमा ठगुन्ना

बैतडी – बैतडीको पाटन नगरपालिका वडा नं ७ उपल्लाबाटुला स्थित जयपुर आधारभुत विद्यालयको व्यवस्थापन समिति गठन सम्पन्न भएको छ । विहिबार बसेको अभिभावक भेलाले वीर बहादुर ठगुन्नाको अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिको पूनर्गठन गरेको हो ।
अभिभावक भेलामा सेवा क्षेत्रका अभिभावक, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, स्थानीय बुद्दिजीवी, शिक्षाप्रेमी, संस्थापक सदस्य, शुभचिन्तक लगायतको उपस्थिती रहेको थियो ।सोही भेलाले वीर बहादुर ठगुन्ना अध्यक्ष रहेको ९ सदस्यीय समिति गठन गरेको हो ।सम्पन्न भेलाले महिला सदस्यमा सदस्यमा देवकी पार्की,सरस्वती पार्की,गिता दमाई अन्य सदस्यमा गगां साँउद,खडक सिंह ठगुन्ना,भरत बहादुर चन्द लाई सर्वसम्मत चयन गरेको विद्यालयका प्रधानाध्यापक राजेन्द्र साँउद बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.