दिपक राज दिर्घायु
अषाढ १० बिहीबार,२०७८
बैतडी–मेलौली नगरपालिकाले आठौँ नगर सभा सम्पन्न गरेको छ। आगामी आर्थिक बर्ष ०७८/७९ को बार्षिक बजेट, नीति तथा कार्यक्रम पारित गर्दै नगरसभा सम्पन्न गरिएको नगर उप–प्रमुख कुमारी राधा ओझाले बताईन।
आगामी आर्थिक बर्ष ०७८-७९ का लागि ५९ करोड २२ लाख ८८ हजार बजेट नगरसभाबाट पेश गरिएको छ। समृद्ध मेलौली नगरपालीका निर्माणको आधार, कृषि, पर्यटन र पूर्बाधार भन्ने नारालाई सकार पार्न आगामि आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रम तायर गरिएको नगर उप–प्रमुख ओझाले बताईन।
नगरसभाबाट नगरपालीकाका सम्भावनाहरु, कमजोर पक्षहरु, बिभिन्न अवशरहरु, चुनौतीहर, बर्तमान समयमा निर्बाचित नगर कार्यपालीका, २०७४/७५ देखि हालसम्मको कार्य समिक्षा समेत गरिएको थियो।
यस्तै नगरसभामा नया ल्याईएका बजेट तथा कार्यक्रमका उदेश्यहरु, आर्थिक बिकास, औद्योगिक निति, सस्कृति तथा पर्यटन प्रवद्र्धन, बाताबरण सक्षरण, सहकारी, समाजिक क्षेत्र अन्तरगत शिक्षा, स्वास्थ्य, खानेपानि तथा सरसफाई, खेलकुद तथा मनोरञ्जन, महिला जेष्ठ नागरिक तथा बालबालीका निति, पूर्र्वाधार बिकास, उर्जा तथा लघु जलबिद्युत, संचार, आर्थिक प्रशासन राजश्व तथा कर प्रणाली, सुशासन पारदर्शिता, सगंठन तथा जनशक्ति बिकास, रोजगार प्रबद्र्धन गरिबि निवारण तथा आय–आर्जन सम्बन्धि निति तथा बिबिध बिषयमा नीति तथा कार्यक्रम केन्द्रित रहेको छन।
नगरपालिकाले कृर्षि क्षेत्रमा आत्मनिर्भर बनाउन माटो सुहाउदो कृषि उत्पादन प्रबद्र्धनद्धारा कृर्षिलाई ब्यवसाहिक आधुनिक तथा प्रबिधियुक्त बनाई बजारिकरण गर्ने कार्यलाई निरन्तरदा दिईने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
कोरोना कहरका बेला रोजगारी गुमाएका नगर बासिलाई स्थानिय स्तरमै रोजगारी दिने, कोरोना माहामारीलाई निराकरण गर्ने रणनिति, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई पनि प्राथमिकतामा राखिएको छ।
कोरोना कहरका बेला अग्र पंक्तिमा रहेर काम गर्ने महिला स्वास्थ्य स्वयम ंसेविकाहरुलाई थप प्रोत्साहन भत्ता, एक गाउँ एक नमुना कृषि उत्पादन ब्लक तथा पकेट क्षेत्र निर्धारण गर्ने, धार्मिक स्थल तथा पर्यटकिय स्थलहरुको अध्यन तथा प्रचार प्रशार गर्ने, न्यायिक समितिलाई थप प्रभावकारी बनाउने, स्वास्थ्य केन्द्रको आवश्यक स्तरोउन्नति, फोहरमैला ब्यवस्थापन, स्थानिय क्षेत्रमा छरिएर रहेका सिप क्षमता तथा पेसालाई आधुनिकि करण गर्ने, सार्बजनिक क्षेत्रलाई सक्षरण गर्ने, ग्रामिण क्षेत्रका बासिन्दाहरुलाई सचेतना अभिबृद्धि गर्ने कार्यक्रम मार्फत नागरिकको जिवनस्तरमा सुधार ल्याउने, जन सहभागिता तथा लागत सहभागीताका आधारमा भौति निर्माणका बिषयबस्तुलार्ई निरन्तरता दिईने योजना मेलौली नगरपालीकाले गरेको छ।