बैतडी-शिबनाथ गाउपालिका–०६ ले अपाङ्ग ब्यक्तिहरुलाइ बाख्रा बितरण गरेको छ। “ग” र “घ” बर्गका अपाङ्ग ब्यक्तिलाइ वडा कार्यालयको तर्फबाट आईतबार बाख्रा बितरण गरिएको वडा अध्यक्ष भरत राम पार्किले बताए।
नेपाल सरकारबाट “ग” र “घ” बर्गका अपाङ्ग ब्यक्तिले अपाङ्ग भत्ता नपाउने भएकाले वडा कार्यालयको सहयोगमा ७ जनालाई एउटा-एउटा बाख्रा बितरण गरिएको उनले बताए।
आफ्नो जिवन यापनलाई सहजिकरण गर्न थोरै भएपनि राहात मिलोस् भन्ने उदेश्यका साथ बाख्रा बितरण गरिएको जनाईएको छ।
वडा कार्यालयले आफुहरुलाई बाख्रा बितरण गरेकोमा बाख्रा प्राप्त गर्नेहरुले धन्यबाद ज्ञापन गरेका थिए। जनताका हरेक दुख सुखमा सगै रहेर अगाढि बढ्ने वडा अध्यक्ष पार्किले रेडियो मेलौलीलाई बताए।