अझै भन्न सक्दैन्न महिलाहरु आफु माथि भएको हिंसा, उपाध्यक्ष ठकुराठी

डडेल्धुरा-भागेश्वर गाउँपालिका उपाध्यक्ष पुष्पा ठकुराठीले अझैपनि महिलाहरुले आफुमाथि भएका हिंसाहरु भन्न नसकेको बताउनु भएको छ। रेडियो मेलौलीको बहस मुलक कार्यक्रम समय सन्द्रर्भमा बोल्दै उपाध्यक्ष ठकुराठीले यस्तो बताउनु भएको हो।

महिलाहरुले आफुमाथि भएको हिंसालाई स्पष्ट रुपमा भन्न नसकेर आफैभित्र लुकाएर राखेको बताउनु भएको हो। महिलाहरुले आफुलाई जुन तरिकाले जाहाबाट पनि भएको हिंसा खुलेर भन्नु पर्ने उनको भनाई रहेको थियो। आफु एक महिला जनप्रतिनिधि र न्यायिक समिति संयोजक भएकाले पनि महिलहरुले आफु प्रति भएका हिंसाहरुलाई खुलेर भन्नुपर्ने बताए।

आफुमाथि भएको हिंसालाई स्पष्ट रुपमा भन्न नसक्ने महिलाहरुको लागि भागेश्वर गाउँपालिकाको प्रत्येक वडाहरुमा मेलमिलाप केन्द्र स्थापना गरेको समेत बताउनुभयो। आफ्नो पालिका भित्रका दुर दराजमा रहेका महिलाहरुले सहजै न्याय पाउन र आफुमाथि भएको हिसाको उजुरि गर्न सकनु भनेर केहि दिन भित्रै ४८ घण्टे तालिम दिने योजना पनि रहेको जानकारी दिए।

भागेश्वर गाउँपालिकाको न्यायिक समितिमा खासै उजुरि नआउने गरेको उपाध्यक्ष ठकुराठिले बताए। न्यायिक समितिमा एउटा खानेपानिको उजुरि आएको र त्यसमा दुईटै पक्षलाई बेलाई समाधान गरेको पनि बताए।

उनले भने, समाजिक सुरक्षा भत्ता बितरणको लागि सानिमा बैंकसगं समुन्वय गरेर के कसरि सजह तरिकाले नागरिकहरुलाई भत्ता बितरण गर्न सकिन्छ भन्ने छलफलमा छौ। आफ्नो पालिकाबाट वडा स्तरमा बिनियोजन भएका योजनाहरुको राम्रोेसगं अनुगमन गर्ने, एउटा योजनालाई कम्तीमा पनि तिन पटक अनुगमन गरेर भरपर्दो र दिगो बिकासको लक्ष्य राखेको उपाध्यक्ष ठकुराठीले बताए।

यस आर्थिक बर्षको बजेटमा पनि बिभिन्न योजनाहरु छनोट गरिएको र अहिले सम्झौताको प्रकृया रहेको जानकारी दिनुभयो। योजनाहरुको सम्झौता प्रकृया सकिएपछि छिटो काम सुचारु हुने बताए। अहिले बिभिन्न वडाहरुमा सिप बिकासका तालिम, पोषण सम्बन्धिका बिभिन्न कार्यक्रमहरु र हजार दिने आमालाई अण्डा तथा साबुन बितरणको कार्य भई रहेको जानकारी दिए।

आफु निवाचित भएर पालिकामा आईसकेपछि जनताका हरेक दुख सुखमा संगै रहि जन चाहाना अनुसार अगाढी बढ्ने बताए। आफ्नो कार्यकालमा जनताको हितमा रहि जनमुखि कार्य गर्दै जाने समेत प्रतिबद्धता ब्यक्त गरे।

Leave A Reply

Your email address will not be published.