बैतडी-शिबनाथ गाउँपालिका–०६ मा आज एकदिने निःशुल्क आँखा शिबिर सञ्चालन भएको छ। शिबनाथ स्वास्थ्य चौकि हिरापुरमा शिबिर सञ्चालन भएको वडा अध्यक्ष भरत राम पार्किले बताए।
आखाँ सम्बन्धि समस्या भएका नागरिकहरुका लागि निःशुल्क आखाँ चेकजाच गर्ने उदेश्यले शिबिर सञ्चलान भएको वडा अध्यक्ष पार्किले बताए।
शिबिरबाट डक्टरहरुले अपरेशनको लागि सिफारिस गरेका ब्यक्तिहरुलाई डडेल्धुरा लगि निशुल्क उपचार गरिने समेत उनले बताए।
बिरामि सगं कुरुवा जाने ब्यक्तिको खर्च भने सम्बन्धित ब्यक्तिले ब्यहोर्नुपर्ने छ।