बैतडीमा अपाङ्ग महिलामाथी जबरजस्तीकरणी गरेको आरोपमा पुरुष पक्राउ

बैतडी -बैतडीका मेलौली नगरपालिका–७ का ५६ वर्षीय रामदत्त भट्ट जबरजस्तीकरणीको आरोपमा पक्राउ परेका छन् । २४ वर्षीया अपाङ्ग महिलामाथी जबरजस्तीकरणीको आरोपमा भट्ट पक्राउ परेका हुन् । शनिबार अपाङ्ग महिलालाई जबरजस्तीकरणी गरीरहको परिवारका सदस्यले देखेपछि घटना बाहिरिएको थियो । त्यसपछि पिडितका आफन्तले प्रहरीमा उजुरी दिएका थिए । आइतबार आरोपीत पुरुष भट्टलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए । पिडित महिला (क)वर्गको अपाङ्ग रहेको खुलेको छ ।

Leave A Reply

Your email address will not be published.