बझाङ- जिल्लामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ।जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–६ पुजारी गाँउका २५ वर्षीय कृष्ण पुजाराको करेन्ट लागेर मृत्यु भएको हो।आइतबार आफ्नै घर नजिक रहेको गाडघट्ट खोलामा बिद्युतको तार जोडेर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।