यहाँ सम्म आएर तिमिले….

यहाँ सम्म आएर तिमिले मलाई भेट्ने गर ।
म टाढा भए पनि तिमिले बोलाउने गर ।।
यहाँ सम्म आएर तिमिले मलाई भेट्ने गर ।
म टाढा भए पनि तिमिले बोलाउने गर ।।

 

म बसेको छु यो गाउँमा तिमिले मलाई भेट्ने गर ।
हात समाई तिमिले केही त बोल्ने गर ।।
तिम्रा नशालु नजरले एक चोटि हेरिदेऊ ।
जिन्दगीको गोरेटोमा अगाडि बढ्न देऊ ।।

 

झगडा नै पर्छ म सँग तिमि साथमा हुँदा ।
हेरेको छु मैले कोमल नयनले इशारा गरिदिँदा ।।
त्यो मनले माया गरी यो मनमा कब्जा गर्‍यौ ।
म रिसाएर बसे जब तिमिले फकाउन खोज्यौ ।।

 

गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा-२ दिपायल, डोटी

Leave A Reply

Your email address will not be published.