बैतडी: बैतडीको मेलौली नगरपालिकामा नेकपा एमालेका ग्रास रुट कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेका केन्द्रिय सदस्य नर बहादुर धामीको प्रमुख आतिथ्यतामा ग्रास रुट कार्यक्रम सम्पन्न भएको हो ।
मेलौली नगर कमिटिका पदाधिकारी, वडा कमिटिका पदाधिकारी, मेलौलीबाट प्रतिनिधित्व गर्ने बिभिन्न संघसंगठनमा आबद्ध प्रतिनिधिको उपस्थितीमा पार्टीको समिक्ष तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको एमालेका मेलौली नगर सह इन्चार्ज तथा जिल्ला कमिटि सचिवालय सदस्य बलभद्र दयालले जानकारी दिए ।
नेकपा एमालेले देशैभर ग्रास रुट कार्यक्रम सञ्चालन गरीरहेको छ । यस कार्यक्रममा पार्टीको आगामी भिजन तथा योजना र सुदृढिकरणका बारेमा समिक्षा र छलफल समेत भएको मेलौली नगर कमिटि इन्चार्ज जगदिश सिंह नायकले बताए ।