मेलौलीमा आधारभुत तहको बार्षिक परिक्षाका लागि परिक्षा केन्द्र निर्धारण

बैतडी-मेलौलीमा आधारभुत तह (कक्षा ८) को बार्षिक परिक्षाका लागि परिक्षा केन्द्र निर्धारण गरिएको छ। सोमबार मेलौली नगरपालीको आधारभुत तह परिक्षा सञ्चालन तथा ब्यवस्थापन समितिको निणर्य अनुसार बार्षिक परिक्षाका लागि परिक्षा केन्द्र निर्धारण गरिएको हो।

शितलपुर माध्यमिक बिद्यालय, दुर्गा आधारभुत बिद्यालय र जनचेतना आधारभुत बिद्यालयको परिक्षा केन्द्र जनचेतना आधारभुत बिद्यालय मेलौली नगरपालीका–०१ गंगापुरलाई तोकिएको छ। धर्मघर माध्यमिक बिद्यालय, केदारेश्वर माध्यमिक बिद्यालय, सुर्दशन माध्यमिक बिद्यालय, प्रितिपुर माध्यमिक बिद्यालय, केदार आधारभुत बिद्यालय कुजागाड, कोटेश्वर आधारभुत बिद्यालय र शान्ति प्रकास आधारभुत बिद्यालयको परिक्षा केन्द्र धर्मघर माध्यमिक बिद्यालय मेलौली नगरपालीका–०२ लाई तोकिएको छ।

यसैगरि बिजयपुर माध्यमिक बिद्यालय मेलौली नगरपालीका-०४ को परिक्षा केन्द्र सोहि बिद्यालयलाई तोकिएको छ। दुर्गा माध्यमिक बिद्यालय,जगदम्वा माध्यमिक बिद्यालय, चन्द्रपुर आधारभुत बिद्यालयको परिक्षा केन्द्र दुर्गा माध्यमिक बिद्यालय मेलौली नगरपालीका-०५ खलिगाडलाई तोकिएको छ।

मणिलेक माध्यमिक बिद्यालय, भरतपुर माध्यमिक बिद्यालय र शारदा आधारभुत बिद्यालयको परिक्षा केन्द्र मणिलेक माध्यमिक बिद्यालय मेलौली नगरपालीका-०७ लाई तोकिएको जनाईएको छ। कमलपुर माध्यमिक बिद्यालय र गगेंश्वर आधारभुत बिद्यालयको परिक्षा केन्द्र कमलपुर माध्यमिक बिद्यालय मेलौली नगरपालीका-०८ कोटिगाँउलाई तोकिएको छ।

बिशालपुर माध्यमिक बिद्यालय मेलौली नगरपालीका-०९ रोकटाको परिक्षा केन्द्र सोहि बिद्यालयलाई तोकिएको प्रमुख प्रशासकिय अधिकृत जगदिश प्रशाद जोशिद्धार हस्ताक्षरित सुचना मार्फत जानकारी गराईएको छ।

परिक्षा चैत ६ गते दिउसो १२ बजेदेखि सञ्चलान हुने छन। पहिलो दिन नेपाली बिषयको परिक्षा रहेको छ।

परिक्षा तालिका

Leave A Reply

Your email address will not be published.