बैतडी – बैतडीको शिवनाथ गाउँपालिका वडा न ं५ मा वडास्तरीय रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।शिवपुर्ण आधारभूत विद्यालय लामाखालीको खेल मैदानमा २० गतेसम्म चल्ने प्रतियोगितामा एथलेटिक्स, लङजम्प, हाईजम्प दौड,म्युजिकल चेयर,चम्पा गुच्चादौड लगायतका खेलहरु हुनेछन ।उद्घाटन कार्यक्रममा शिवनाथ गाउँपालिका वडा न ५ का वडा अध्यक्ष केशव बहादुर चन्दको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष कर्ण सिंह साउको प्रमुख आतिथ्यता तथा गाउँपालिकाका उपाध्यक्ष सकुन्तला साउँदको विशिष्ट आथित्यता रहको थियो। शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण सिंह साउँदले खेलकुदले मानिसलाई अनुशासनमा राख्ने र भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी विद्यालय तहबाटै उत्पादन हुने भएकाले पालिकाले खेलकुदलाई प्राथमिकता दिएको बताए ।