दार्चुला -दार्चुलाको अपिहिमाल गाउँपालिकाका जेष्ठ नागरिकहरुलाई कम्बल बितरण गरिएको छ । अपिहिमाल गाउँपालिकाको आर्थिक सहयोग र अपिहिमाल जेष्ठ नागरिक समाज खण्डेश्वरीको आयोजनामा वडा नम्बर ४ का ८० जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीइ अधिकृत इन्द्र बहादुर रावलले जानकारी दिए।
उनका अनुसार कम्बल वितरणको कार्यक्रम वडा नम्बर ४ बाट सुरु गरिएको हो । कम्बल वितरण कार्यक्रम गाउँपालिकाका सबै वडाहरुमा लागु हुने गाउँपालिका अध्यक्ष भरतसिह ठेकरे बोहराले बताए । पालिका भरी ३८० जना जेष्ठ नागरीकहरुलाई वितरण गरिने योजना रहेको अध्यक्ष बोहराले बताए ।