बैतडीको मेलौलीमा घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

बैतडी -बैतडीको मेलौली नगरपालिकाले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ ।चालु आर्थिक बर्षको पहिलो र दोस्रो किस्ताको सामाजिक सुरक्षा भत्ता गाउँमै पुगेर वितरण गरीरहेको हो । अशक्त अपाङ्गता भएका तथा बैंक सम्म पुगेर भत्ता बझ्न नसक्ने जेष्ठ नागरीकहरुलाई सामाजिक सुरक्षा भत्ता घरघरमै पुगेर वितरण गरिहेको वडा नम्बर ८ का वडाअध्यक्ष तपेन्द्र सिह बिष्टले जानकारी दिए । धेरै जसो सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिकहरु बैंक सम्म पुग्ने नसक्ने भएकाले उनीहरुलाई घरमै पुगेर भत्ता उपलब्ध गराइरहेको उनले बताए ।

नगरपालिकाले मेलौलीमा रहेको कुमारी बैंकको सहयोगमा घरघरमै पुगेर भत्ता उपलब्ध गराइरहेको छ । बालपोषण बाहेकका अन्य सामाजिक सुरक्षा घरमै पुगेर सम्बन्धीत व्यक्तिहरुलाई हस्तान्तरण गरिएको वडा नम्बर ४ का वडाअध्यक्ष हर्क बहादुर चन्दले बताए । बालपोषण भत्ता संरक्षक नै बैङ्कमा नै पुगेर सामाजिक सुरक्षा भत्ता बुझेका तथा अन्यलाई बैंकका कर्मचारी जनप्रतिनिधीको रहोबरमा घरघरमै पुगेर वितरण गरीएको उनले जानकारी दिए ।

घरमै पुगेर जनप्रतिनिधी र बैंकका कर्मचारीले भत्ता उपलब्ध गराएपछि सेवाग्राहीहरु पनि खुसी भएका छन् । नगरपालिकाका सबै वडाहरुमा टोलटोलम पुगेर सामाजिक सुरक्षा भत्ता वितरण भैरहेको पञ्जिकरण तथा सामाजिक सुरक्षा शाखाका फिल्ड सहायक अनिता नेगीले बताइन् । मेलौली नगरपालिकामा ४ हजार ७५८ जनाले सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका उनले जानकारी दिइन् ।

Leave A Reply

Your email address will not be published.