दार्चुलामा जिप खस्दा एक भारतीयको मृत्यु, ३ जना पिथौरागढ रेफर

९ जना घाइते

बैतडी- दार्चुलामा जिप दुर्घटना हुँदा एक भारतीयको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।दार्चुलाको महाकाली नगरपालिका–४ बाङ्गाबगर खानेपानी ट्यांकीनजिक लास्कु खोलामा मंगलबार प्रदेश–०३ ००१ ज ०३४० नम्बरको जिप दुर्घटना हुँदा एक भारतीयको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जिपमा सवार भारतीय ६० वर्षीया कालीदेवी नेगीको मृत्यु भएको हो। नेगीको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।दुर्घटनामा घाइते हुनेमा चालक महाकाली नगरपालिका–२ बुढीचौराका २३ वर्षीय महोन लोथ्याल, भारतीय ७ वर्षीया विमलादेवी नेगी, ५५ वर्षीय मख्खनराम नेगी छन्।६ वर्षीया किरणकुमारी आग्री, ३८ वर्षीया शान्तिदेवी नेगी, वर्ष ४७ का दिवान आग्री, वर्ष ७ का जोतविरसिंह कुवँर, वर्ष २७ की अन्जुदेवी कुवँर र ५ वर्षीय गुरुजोत सरदार रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक ९डिएसपी० तर्कराज पाण्डेयले जानकारी दिए।

उनका अनुसार मख्खनराम नेगी, किरणकुमारी आग्री र ७ वर्षीया बालिका विमलादेवी नेगीलाई थप उपचारका लागि भारतको पिथौरागढ रिफर गरिएको छ।चालक लोथ्याल र शान्तिदेवी नेगीको पनि अवस्था चिन्ताजनक छ। उनीहरुको दार्चुला अस्पतालमा उपचार जारी छ। अन्यलाई भने जिल्ला अस्पतालले डिस्चार्ज गरिसकेको जनाएको छ।जिपमा चालकसहित १० जना सवार थिए। चालकबाहेक अन्य ९ जना भारतीय हुन्।

बाङ्गाबगरबाट दल्लेखतर्फ जाँदै गरेको जिप ब्याक गर्ने क्रममा दुर्घटनामा भएको बताइएको छ। जिप सडकबाट ५० मिटर तल खसेको थियो। भारतीय नागरिक डुङरी मन्दिर दर्शन गर्न जाँदै थिए।

Leave A Reply

Your email address will not be published.