११३औं अन्तर्राष्ट्रिय महिला दिवस शिवनाथमा पनि मनाइँदै

बैतडी -बैतडी आज ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बैतडीमा पनि मनाइँदै छ ।जिल्लाको शिवनाथ गाउँपालिकामा पनि आज गाउँपालिका अध्यष्क्ष कर्ण सिंह सांउदको अध्यक्षता बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको प्रमुख आथित्यता, गाउँपालिका उपाध्यक्ष सकुन्तला सांउँद निवर्तमान गाउँपालिका उपाध्यक्ष कुष्मा चन्दको विबिष्ट आथित्थतामा कार्यक्रम सुरु भएको छ ।

लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ महिला दिवस मनाउन लागिएको शिवनाथ गाउँपालिका उपाध्यक्ष सकुन्तला साउँदले बताउनुभयो ।साथै विभिन्न वडाका वडा अध्यक्ष कार्यापालिका सदस्यहरु,विद्यालयका प्रधानाध्यपापक लोक तथा देउडा गायक जेर आर भट्ट,गौरी भट्ट,मोडेल झर्ना बोहोरा लगायतको उपस्थिति रहेको छ ।

मेलौलीमा पनि विभिन्न कार्यक्रम गरि श्रमिक महिला दिवस मनाइन लागेको नगर उपप्रमुख पार्वती बोहरा विष्टले बताइन् ।यस्तै बैतडीको पञ्चेश्वरमा पनि महिला दिवस मनाइदै छ । जिल्लाका अन्य स्थानीय तह र वडाहरुमा पनि आज नारी दिवस मनाइँदै छ । अन्तर्राष्ट्रिय नारी दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ ।नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ । नारी दिवसको दिन आज सरकारले सार्वजनिक विदा समेत दिएको छ ।

Leave A Reply

Your email address will not be published.