पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष भट्टमाथी कुटपिट, कारबाहिको माग

बैतडीमा गाउँपालिका उपाध्यक्षलाई कार्यकक्षमै कुटपिट गरिएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष विना भट्टमाथि कुटपिट भएको हो।

उनले आफूमाथि सोही गाउपालिकाको वडा नं-०३ बस्ने दिपक बहादुर चन्दले २५ गते दिउँसो ३ बजेर २० मिनेटको समयमा बिधुतिकरणको विषयमा मादक पदार्थ सेवन गरि कार्यकक्षमै आएर कुटपिट गरेको आरोप लगाएकी छन्।

कुर्सीमा बसेको बेला मलाई लछारपछार गरि हातमा लिएको फलामको प्लासले आफूलाई कुटपिट गरेको उनको आरोप छ।

यस्तै उनले ज्यान मार्ने धम्कीसमेत दिएको हुदाँ निजमाथि आवश्यक छानविन गरि गराई कारबाहीका लागि गाउँपालिका राष्ट्रिय महासंघ नेपाललाई निवेदन दिएकी छन्।

Leave A Reply

Your email address will not be published.