महिलालाई आत्म निर्भर बनाउन सिलाई कटाई तालिम

बैतडी -बैतडीको मेलौली  नगरपालिका वडा नं. ४ द्वारा सञ्चालित तीन महिने आधारभूत सिलाई कटाई र सात दिने व्यावसायिक सीप विकास कुखुरा पालन तालिम सुरु भएको छ । वडा कार्यालयको आर्थिक वर्ष २०७९/०८० को गरिबी निवारणका लागि लघु उद्यम विकास (मेडपा) कार्यक्रम अन्तर्गत सो तालिम सञ्चालन गरिएको वडाले जनाएको छ ।

तालिमको उद्घाघटन गर्दै मेलौली नगरपालिका  प्रमुख भीम बहादुर चन्दले सिलाइ कटाइ तालिम जीवन उपयोगी हुने भएकोले तिन महिना सम्म लगनशीलताका साथ सिक्न सहभागिहरुलाई आग्रह गर्नुभयो । मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै मेहनतका साथ सिप सिके जीवनमा परिवर्तन हुने नगरप्रमुख चन्दको भनाई छ । श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने नगरप्रमुख चन्दले बनाउनु भयो ।

सोही कार्यक्रममा बोल्दै नगरप्रमुख भीम बहादुर चन्दले सहभागिताहरु आफैले छानेको तालिम भएकोले सहभागिताहरु स्वंयम केही गर्न सक्षम हुन सक्ने भन्दै तालिम सम्पन्न पश्चात् आफै व्यवसाय गर्न आग्रह गर्नुभयो ।

कार्यक्रम सयोजक सुरेन्द्र ओडले सिलाई कटाई तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले तालिम सञ्चालन गरिने बताउँदै तालिम लिए पश्चात् महिला दिदिबहिनीहरु स्वरोजगार र आत्म निर्भर बन्ने भएकाले यसले आर्थिक उपार्जनमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनु भयो ।

सिलाई कटाई तालिमको लागि वडाले एक लाख रुपैयाँ बजेट विनियोजन गरेको वडा अध्यक्ष हर्क बहादुर चन्द जानकारी दिनुभयो । वडाले सोही तालिमको लागि १३ वटा मेसिन खरिद गरिएको छ भने तालिम सम्पन्न पश्चात् सो मेसिन सहभागिताहरुलाई प्रदान गरिने वडा अध्यक्ष हर्क बहादुर चन्द्ले बताउनुभयो ।

वडा नं. ४ का वडा सचिव गौरी चन्दकोअध्यक्षतामा भएको कार्यक्रममा स्वागत गर्दे कार्यक्रमको सञ्चालन मेडपाका कार्यक्रम  सयोजक सुरेन्द्र ओडले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.