सुर्नयामा पाठेघरको क्यान्सर जाँच सम्बन्धी शिविरबाट २९६ महिलाले सेवा लिए

बैतडी-बैतडीको सुर्नया गाउँपालिकामा एक हप्तादेखि जारी पाठेघरको मुखको क्यान्सर जाँच सम्बन्धी भीआइए स्क्रिनिङ शिविर सम्पन्न भएको छ । फागुन २५ गतेदेखि सुरु भएको उक्त शिविरमा ७ वटै वडाका २९६ जना महिलाले स्वास्थ्य जाँच गरी सेवा लिएको जनाइएको छ ।
सम्बन्धीत वडामा रहेका तालिम प्राप्त नर्सीङ कर्मचारीहरुबाट सेवा प्रदान गरिएको  वडा नं ४ को भौनेली स्वास्थ्य चौकीका इन्चार्ज सुरेन्द्र सिंह महराले जानकारी दिए ।
शिविरमा आएका २८ जना महिलाहरुमा आङ खस्ने समस्या समेत देखिएको उनले बताए । शिविरमा आएका अन्य महिलाहरुमा क्यान्सरसम्बन्धी कुनै समस्या नरहेको समेत स्वास्थ्यचौकीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.