क्यानले टिकटबाट उठेको पैसा खेलाडी कोषमा जम्मा गर्ने 

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्र्तगत भोलि हुने नेपाल र युएईबीचको खेलको टिकट बिक्रीबाट उठेको पैसा क्रिकेट खेलाडी  कोषमा जम्मा  गरिने भएको छ ।  नेपाल क्रिकेट संघ क्यानले  बुधबार उक्त घोषणा गरेको हो ।

आर्थिक सहायता आवश्यक परेका खेलाडीलाई सहयोग गर्ने उद्देश्यले कोष बनाइन लागिएको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो । नेपाल र यूएईसँगको खेलबाट उठेको सबै रकम यो कोषमा जम्मा गर्ने र आउँदा दिनमा पनि यस्तै खालका आम्दानीको श्रोत पहिचान गरेर कोषको आकार बढाइनेछ ।

उहाँले भन्नुभयो,“ कुनै खेलाडी बिरामी तथा अन्य कुनै समस्यामा परेको खण्डमा उक्त कोषबाट खर्च गर्छौ, यसले खेलाडीलाई समस्या परेको बेला सहायता गर्न सहज हुन्छ । ”

नेपाल र यूएईबीचको खेलको टिकट माइपेबाट अनलाइन किन्दा १२० र गेटमा किन्दा १५० मा बेच्ने गरेको छ ।

लिग २ कै अन्तिम तथा महन्वपूर्ण खेलमा नेपालले बिहीबार यूएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपाललाई सोझै विश्वकपको ग्लोबल क्वालिफायर पुग्न उक्त खेल जित्नैपर्ने दबाब छ ।

नेपालका लागि यो खेल महत्वपूर्ण रहेको हजारौं दर्शकहरुको उपस्थिती रहको अनुमान गरिएको छ ।  अहिलेसम्म १० हजार भन्दा बढी टिकट बिक्री भइसकेको जनाइएको छ ।

लिग टु मा नेपालको ३५ खेलबाट ३८ अंक रहेको छ । भोलिको खेल जिते नेपाल शिर्ष  ३ मा रहदैं विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गर्नेछ ।

Leave A Reply

Your email address will not be published.