बैतडी-अनेरास्वबियुको तर्फबाट मणिलेक बहुमुखि क्याम्पसको स्वबियु सभापति पदका उम्मेदवार धनिदत्त भट्टले आफ्नो उम्मेदवारि खारेजी प्रति परेको उजुरि पत्र च्यातेको बिषयमा सुदूरपश्चिम विश्वविद्यालयले अनुसन्धान गर्ने भएको छ।
बिहीबार १२ बजेसम्म तोकेको दाबि बिरोधको समयमा नेबिसंघको तर्फबाट स्वबियु सभापति पदका उम्मेदवार रहेका नबराज भट्टले अनेरास्वबियुका तर्फबाट उम्मेदवारी दिएको भट्टको उम्मेदवारि खारेजिको माग गर्दै निर्बाचन अधिकृतको कार्यालयमा उजुरि हालेको थिए।
केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा कर्मचारिको रुपमा कार्यरत रहेका भट्टको उम्मेदवारि नियम संगत नरहेको भन्दै नेबिसंघले उम्मेदवारि खारेजको माग गरेका थियो। निर्बाचन अधिकृत गगन राज पाण्डेयलाई उजुरी पत्र दिए पश्चात अनेरास्वबियुका तर्फबाट उम्मेदवार बनेका भट्टले उजुरी पत्र खोसेर च्यातेको नेबिसंघ जिल्ला सचिब केशब चन्दले बताए।
उजुरी पत्र च्यातेका भट्टले नियम संगत उजुरी नहालेको र कार्यालय बाहिर एकान्तमा बोलाएर दाबि बिरोधको समय सकिएपछि पत्र दिएकाले उजुरी पत्र च्यातेको बताएका छन। तर निर्बाचन अधिकृत पाण्डेयले ११ बजेर ५६ मिनेटमा समयमै उजुरी पत्र परेको बताएका छन।
भट्टले उजुरी पत्र च्यातेपति तत्काल अनेरास्वबियु, अनेरास्वबियु (क्रान्तिकारी), नेबिसघं र क्याम्पसको बैठक बसि फेरी दिउसो ३ बजेसम्म दाबि बिरोधको समय निर्धारण गरिएको थियो।
सरकारी कार्यलयमा कार्यरत रहेका ब्यक्तिले उम्मेदवारि दिन पाउने या नपाउने भन्ने बिषयमा स्वभियू निर्देशिका स्पष्ट रुपमा उल्लेख नगरिएकाले अबको प्रकृया के रहने भनेर सुदूरपश्चिम विश्वविद्यालय जानकारी गराईएको निर्बाचन अधिकृत पाण्डेले बताए ।
भोली दिउसो १ बजेसम्म सुदूरपश्चिम विश्वविद्यालयले कुनैपनि सरकारी कार्यालयमा कर्मचारिको रुपमा आबद्ध रहेको ब्यक्तिको उम्मेदवारी उपयुक्त हो या होईन भनेर जानकारी दिने निर्बाचन अधिकृत पाण्डेले बताए।
अनेस्वबियुको तर्फबाट मणिलेक बहुमुखि क्याम्पसको स्वबियु सभापति पदका उम्मेदवार भट्ट केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा कार्यालय सहयोगिको रुपमा कार्यरत रहेका छन।