बैतडी-अनेरास्वबियुर अनेरास्वबियु (क्रान्तिकारी)को सयुक्त तर्फबाट मणिलेक बहुमुखि क्याम्पसको स्वबियुसभापति पदका उम्मेदवार बनेका धनिदत्त भट्टको उम्मेदवारि कायमै रहने भएको छ। भट्ट सरकारी कार्यालयमा कर्मचारिको रुपमा कार्यरत रहेका भन्दै नेबिसंघले बिहीबार दाबि बिरोधको समयमा उम्मेदवारी खारेजिको माग गरेको थियो।
बिहीबार १२ बजेसम्म तोकेको दाबि बिरोधको समयमा भट्ट सरकारी कार्यालयमा कार्यरत रहेको भन्दै निर्बाचन अधिकृतको कार्यालयमा नेबिसंघले उजसरी हालेको थियो। केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उम्मेदवार बनेका भट्ट कर्मचारिको रुपमा कार्यरत रहेको भन्दै नेबिसंघको तर्फबाट स्वबियु सभापति पदका उम्मेदवार रहेका नबराज भट्टले उम्मेदवारि खारेजिको माग गर्दै उजुरि हालेको थिए।
आफ्नो उम्मेदवारी खारेजीको उजुरी नियम संगत नपरेको र कार्यालय बाहिर एकान्तमा बोलाएर दाबि बिरोधको समय सकिएपछि पत्र दिएको भन्दै भट्टले निर्बाचन अधिकृतको हातबाटै उजुरी पत्र खोसि च्यातेका थिए।
भट्टले उजुरी पत्र च्यातेपति तत्काल अनेरास्वबियु, अनेरास्वबियु (क्रान्तिकारी), नेबिसघं र क्याम्पसको बैठक बसेको थियो। बैठकले सरकारी कार्यलयमा कार्यरत रहेका ब्यक्तिले उम्मेदवारी दिन पाउने या नपाउने भन्ने बिषयमा सुदूरपश्चिम बिश्वबिद्यालयलाई जानकारी गराएको थियो।
शुक्रबार सुदूरपश्चिम बिश्वबिद्यालयले भट्टको उम्मेदवारी कायमै रहने भन्दै जानकारी गराएपछि उम्मेदवारि कायमै रहेको निर्बाचन अधिकृत पाण्डेयले बताए।