मणिलेक बहुमुखि क्याम्पसको स्वबियु सभापतिमा भट्टको उम्मेदवारी किन?

बैतडी-अनेरास्वबियु र अनेरास्वबियु (क्रान्तिकारी)को सयुक्त तर्फबाट मणिलेक बहुमुखि क्याम्पसको स्वबियु सभापति पदका उम्मेदवार बनेका धनिदत्त भट्टले क्याम्पस र बिद्यार्थीको हक हितको लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन।

मेलौली न्यूजसंग कुराकानि गर्दै भट्टले आफु स्वबियु सभापतिमा निर्बाचित भएपछि क्याम्पसमा गुणस्तरिय र स्वारोजगार मुलक शिक्षाको लागि पहल गर्ने योजना रहेका बताएका छन। क्याम्पसमा छात्रामैत्रि शौचालय र स्वच्छ खानेपानिको ब्यवस्थापन गर्नको लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन।

यसैगरि मणिलेक क्याम्पसमा अहिले छात्रबासको ब्यवस्था नभएकाले टाढा टाढाका बिद्यार्थीहरुको असहजतालाई मध्यजनर आफु निर्बाचित भएपछि छात्राबासको ब्यवस्थाको लागि बिभिन्न निकायसं पहल गर्ने पनि बताए। बिद्यार्थीहरु अझैपनि स्पष्ट बोल्नमा गाह्रो मान्ने भएका बोल्ने क्षमताको बिकासक लागि पत्रकारीता तालिम, उद्घोषण तालिम, लोकसेवाका तयारि कक्षाहरु सञ्चालन गरिरहने पनि बताए।

क्याम्पसमा अझैपनि खुल्ला आकासमुनि पठन पाठन गर्नुपर्ने अवस्था रहेकाले सम्बन्धित निकायसगं कक्षाकोठा ब्यवस्थानको लागि आफुले पहल गर्ने जनाए। गत बिगतका दिनहरुमा पनि बिद्यार्थीहरुको हक हितको लागि आवाज उठाउदै आएको हुनाले आफु स्वबियु सभापतिमा ढुक्कसगं निर्बाचित हुने बताए।

आफु स्वास्थ्यक्रमि भएको नाताले पनि सबै बिद्यार्थीसगं राम्रो सम्बन्ध भएको पनि उनले बताए। आफ्नो उम्मेदवारी अनेरास्वबियु र अनेरास्वबियु (क्रान्तिकारी)को सयुक्त तर्फबाट भएकाले पनि बहुमतको आधारमा पनि आफ्नो जित पक्का भएको भट्टले बताए।

मणिलेक बहुमुखि क्याम्पसको स्वबियु सभापतिमा तिन जनाको उम्मेदवारीमा रहेकोमा एक जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन। स्वतन्त्र उम्मेदवार प्रेम सिह भाटले अनेरास्वबियु र अनेरास्वबियु (क्रान्तिकारी)को सयुक्त उम्मेदवार धनिदत्त भट्टलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन।

नेबिसंघबाट स्वबियु सभपतिका लागि नबराज भट्टको उम्मेदवारी रहेको छ। सचिवमा निरज भट्ट, कोषाध्यक्षमा शुसिला नेगि, सदस्यहरुमा दिनेश सिह साउद, पुजा चन्द, सुनिता भट्ट, मनोज दत्त ओझाको उम्मेदवारी रहेको छ। अनेरास्वबियु र अनेरास्वबियु (क्रान्तिकारी)को तर्फबाट सचिबमा मिना भट्ट, कोषाध्यक्षमा साबित्रि पार्कि, सदस्यहरुमा रितु भट्ट, पुष्पा ओझा, उर्मिला नायक, अमृत सिह महताको उम्मेदवारी रहेको निर्बाचन अधिकृत गगन राज पाण्डेयले बताए।

मणिलेक बहुमुखि क्याम्पसको स्वबियु निर्बाचनमा १२० जना मतदाता रहेका छन। मणिलेक बहुमुखि क्याम्पसमा स्वबियु निर्बाचन चैत ८ गते हुने निर्बाचन अधिकृत पाण्डेले बताए।

Leave A Reply

Your email address will not be published.