बैतडी-मणिलेक बहुमुखि क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सभापति पदका उम्मेदवार नबराज भट्टले क्याम्पस र बिद्यार्थीको चैतर्फि बिकासका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन। नेपाल बिद्यार्थी सघं (नेबिसघं) को तर्फबाट उम्मेदवार बनेको भट्टले मेलौली न्यूजसगं कुराकानि गर्दै यस्तो बताएका हुन।
क्याम्पसमा अध्ययन गर्न आउने बिद्यार्थीहरुको घर टाढा–टाढा हुने भएकाले आवत जावतमा समस्या हुने गरेको उनले बताए। आफु स्वबियु सभापतिमा निर्बाचित भए भने क्याम्पसा उपयुक्त छात्रबासको लागि पहल गर्ने बताए।
अहिले पनि क्याम्पसमा शैचालय र खानेपानिको अभाव भएका कारण आफ्नो प्यानल निर्बाचित भएको खण्डमा बिभिन्न निकाय सगं समुन्वय गरि क्याम्समा आवश्यक कुराहरुको परिपुर्ति गर्नमा बिशेष भुमिका खेल्ने बताए।
क्याम्पसमा उपयुक्त कक्षाकोठा र खेलमैदान नभएका कारण बिभिन्न खेलकुद लगायत अतिरिक्त कृयाकलाप गर्न समस्या भई रहेको हुदा सम्बन्धित पक्षसगं पहल गर्ने समेत उनले बताए। क्याम्पसका कक्षाकोठा प्रबिधिमैत्री, शैक्षिक भ्रमण, अतिरिक्त कक्षा, समयमै पाठ्यपुस्तक पठन पाठन, पुस्तकालय, प्रयोगात्मक कक्षा सञ्चालन, शुक्रबारिय कार्यक्रमलाई निरन्तरता, उत्कृष्ठ बिद्यार्थीलाई प्रोत्साहन स्वरुप पुरुस्कृत लगायतका कार्यक्रमलाई निरन्तरता दिने बताए।
समग्रमा बिद्यार्थीहरुलाई क्याम्पसबाट गुणस्तरिय शिक्षा प्रदान गर्नमा आफ्नो भुमिका रहने भट्टले बताए। सबै बिद्यार्थीहरु सगं आफ्नो राम्रो सम्बन्ध भएकाले पनि स्वबियु सभापतिमा आफु नै निर्बाचित हुनेमा ढुक्क रहको बताए।