चैत १५ गतेसम्म वडा स्तरिय योजनहरु सम्झौता गरिसक्न मेलौली नगरपालीकाको आग्रह

बैतडी–यहि चैत १५ गतेसम्म वडा स्तरिय योजनहरु सम्झौता गरिसक्न सम्पूर्ण वडा अध्यक्षहरुलाई मेलौली नगरपालीकाको आग्रह गरेको छ। आईतबार एक सुचना जारि गर्दै ९ ओटै वडाका वडा अध्यक्षहरुलाई आग्रह गरेको हो।

आर्थिक बर्ष २०७९/०८० को स्वीकृत बजेट कार्यक्रम अनुसार पूर्वाधार बिकास तर्फका वडा स्तरिय योजनहरु अनिवार्य सम्झौता गरिसक्न पालिकाले अनुरोध गरेको हो। निमित्त प्रमुख प्रशासकिय अधिकृत सपना कार्कि र ईन्जिनियर तथा पुर्बाधार शाखा प्रमुख भुवन बागद्धारा हस्ताक्षरित सुचना मार्फत जानकारी गराईएको हो।

पालिकाले तोकेको समयसम्म सम्पर्कमा नआउने योजना निमार्ण उपभोक्ता समितिहरुको सम्झौता नगरिने समेत जानकारी गराईएको छ।

Leave A Reply

Your email address will not be published.