बैतडी-मणिलेक बहुमुखि क्याम्पसको स्वबियु सभापति पदका लागि दुईजना मैदानमा उत्रिएका छन। अनेरास्वबियु र अनेरास्वबियु (क्रान्तिकारी) को सयुक्त तर्फबाट धनिदत्त भट्ट र नेपाल बिद्यार्थी सघं (नेबिसघं) को तर्फबाट नबराज भट्ट चुनाबि मैदानमा उत्रिएका छन।
क्याम्पसको स्वबियु सभापति पदका लागि दुईटैले आफ्नो जित पक्का भएको दाबि गर्दै आईरहेका छन। आफु स्वबियुसभापतिमा निर्बाचित भएपछि क्याम्पसमा गुणस्तरिय र स्वारोजगार मुलक शिक्षाको लागि पहल गर्ने अनेरास्वबियु र क्रान्तिकारीका सयुक्त उम्मेदवार भट्टले प्रतिबद्धता गरेका छन ।
यसैगरि क्याम्पस र बिद्यार्थीको चैतर्फि बिकासका लागि आफ्नो उम्मेदवारी रहेको नेबिसघंको तर्फबाट उम्मेदवार बनेका भट्टको भनाई रहेको छ। यद्यपि दुईटै उम्मेदवारले सम्रग क्याम्पस र बिद्यार्थीको लागि काम गर्ने बताउदै आईरहेका छन।
क्याम्पसमा अध्ययनरत सबै बिद्यार्थीहरु सगं आ-आफ्नो राम्रो सम्बन्ध भएकाले पनि स्वबियु सभापतिमा आफु नै निर्बाचित हुनेमा दुईटै उम्मेदवार ढुक्क छन। अनेरास्वबियुर अनेरास्वबियु (क्रान्तिकारी)को सयुक्त तर्फबाट उम्मेदवार बनेकाले बहुमतका आधारमा पनि आफ्नो जित हुनेमा आशाबादि रहेको अनेरास्वबियु र क्रान्तिकारीका सयुक्त उम्मेदवार भट्टको भनाई रहेको छ।
नेबिसघंको तर्फबाट उम्मेदवार बनेका भट्ट बिद्यार्थीहरुले उम्मेदवारहरुका प्रतिबद्धता र एजेण्डा अनुसार काम गर्न सक्ने क्षमता कसमा बढि छ भन्ने आधारमा मत दिने बताउदै आएका छन।
अहिले दुईटै पक्षका उम्मेदवार आ-आफ्नो तयारिमा जुटिरहेका छन। मणिलेक बहुमुखि क्याम्पसको स्वबियु निर्बाचनमा १२० जना मतदाता रहेका छन। मणिलेक बहुमुखि क्याम्पसमा स्वबियु निर्बाचन चैत ८ गते हुदैछ।