मणिलेक क्याम्पसको स्वबियुमा नेबिसघंको प्यानलै बिजयी, सभापतिमा भट्ट

बैतडी-मणिलेक बहुमुखि क्याम्पसको स्वबियु सभापतिमा नेबिसघको पुरै प्यानलै बिजयी भएको छ। अनेरास्वभियू र अनेरास्वभियू क्रान्तिकारीका साझा उम्मेदवार धनिदत्त भट्टलाई पराजित गर्दै नेबिसघंका नबराज भट्ट बिजयी भएका हुन।

सभापतीमा नेविसंघका नवराज भट्ट विजयी भएका छन्। उनले ७० मत प्राप्त गरे। उनका प्रतिद्धन्द्धी अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच भएको गठबन्धनका साझा उम्मेदवार धनीदत्त भट्टले ४४ मत प्राप्त गरे।

सचिवमा नेविसंघका निरज भट्ट वियजी भए। उनले ६८ मत प्राप्त गरे। कोषाध्यक्षमा पनि नेविसंघकै सुसिला नेगी विजयी भइन्। उनले ७१ प्राप्त गरिन्।

सदस्यमा नेविसंघकै पुजा चन्द, दिनेश सिंह साउँद, सुनिता भट्ट र मनोजदत्त ओझा विजयी भए। समानुपातिकतर्फको मतगणना जारी रहेको उनले बताए।

Leave A Reply

Your email address will not be published.