राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन बैतडीको अध्यक्षमा दयाल

बैतडी-राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको बैतडी जिल्ला अध्यक्षमा मुकेशकान्त दयाल चयन भएका छन्। शनिबार पाटनमा सम्पन्न संगठनको प्रथम जिल्ला अधिवेशनले दयालको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो।

जनताको स्वास्थ्य सुरक्षा, हाम्रो प्रतिबद्धता सम्पूर्ण प्रगतिशील स्वास्थ्यकर्मीको ऐक्यबद्धता भन्ने नाराका साथ अधिवेशन सम्पन्न भएको हो। अधिवेशनले उपाध्यक्षमा पुष्पा महर र सुमन लुहार, सचिवमा दलबहादुर बिष्ट,सहसचिवमा राजेन्द्र दयाल, कोषाध्यक्षमा लोकराज भट्टलाई सर्वसम्मत चयन गरेको अध्यक्ष दयालले बताए।

यस्तै सदस्यमा लोकेश महरा, दिपकराम लुहार, महेन्द्र कार्की, रोहीत धानकलगायत चयन भएका निर्वाचन मण्डलका सदस्य देवसिह ठगुन्नाले बताए। जिल्ला भेलामा सुदूरपश्चिम प्रदेशका निर्वतमान प्रदेश सदस्य एवं माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज प्रेमप्रकाश भट्ट ९आदित्य०, पाटन नगरपालिका नगर उपप्रमुख कमलसिह बोहरा ९अपी० लगायतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.