बैतडीमा गाईको हत्या गर्ने एक पक्राउ, चिरपटले हानेर ३ गाई मारेको खुलासा

बैतडी -बैतडीमा गौहत्या अभियुक्तलाई पक्राउ परेका छन् । दोगडाकेदार गाउँपालिका ३ जड्याखालीका ३६ वर्षीय रमेश भूललाई गाईलाई मारेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए ।

मदिरा सेवन गरी सोमबकार साझँ आफ्नै घरमा पालेका ३ वटा गाईलाई काठको चिरपटले हानेर मारेको खुलेको प्रहरी निरिक्षक जोशीले बताए । गाईलाई मार्ने भूल सोमबार राती नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.