प्रशिद्ध मेलौली भगवती मन्दिरमा लागेको नबरात्रा मेला सम्पन्न

बैतडी-प्रशिद्ध मेलौली भगवती मन्दिरमा लागेको नबरात्रा मेला सम्पन्न भएको छ। मेलौली नगरपालीका–०१ मा रहेको मेलौली भगवती मन्दिरमा पशु बलि सहित आज नबरात्रा मेला सम्पन्न भएको हो।।

नबरात्रा सुरु भएदेखि आजसम्म दैनिक पुजा पाठ र बलि सहित लागेको मेला हुदै आएको थियो। नबरात्राको अवधिभर १२० रागा र १५१ बोकाको बलि परेको मेलौली धार्मिक सेवा समितिले जनाएको छ।

बलि सहितको भव्य मेला लाग्ने नबरात्रामा सुदूरपश्चिमका विभिन्न स्थानका साथै भारतबाट समेत दर्शनार्थी आउने गर्छन। मेलामा आएका दर्शनाथी पुजा पाठ र आफ्नो भाक्कल पुरा गर्ने गर्दछन।

नबरात्रा अवधिभर लागेको मेलाबाट भेटि स्वरुप संकलन भएको रुपैया गणना गरेर जानकारी गराईने मेलौली धार्मिक सेवा समितिले जनाएको छ।
यसैगरि निङ्गलाशैनी भगवती मन्दिर देहिमाण्डौमा २ सय ५० राँगा र ५ सय बोकाको बलि सहित जात्रा सम्पन्न भएको छ।

निङ्गलाशैनी भगवती मन्दिरमा चैत शुक्ल अष्टमीका दिन पशु बलिसहित जात्रा हुने गरेको छ । सप्तमीका दिन राँगा बाँध्ने र अष्टमीका पशुबलि दिने चलन रही आएको हो ।

Leave A Reply

Your email address will not be published.