मेलौलीमा कक्षा १० को परिक्षा अवधिभर मदिरा बिक्रि बितरण गर्न नपाईने

बैतडी-मेलौलीमा कक्षा १० को परिक्षा अवधिभर मदिरा बिक्रि बितरण गर्न नपाईने भएको छ। बिहीबार नगरपालीकाले एक सुचना जारि गर्दै परिक्षा सञ्चालन अवधिभर मदिरा बिक्रि बितरण गर्न नपाईन जनाएको हो।

मेलौली नगरपालीका अन्तरंगतका मणिलेक माध्यमिक बिद्यालय काँडा, दुर्गा माध्यमिक बिद्यालय खलिगाड र बिजयपुर माध्यमिक बिद्यालय तिताबैको परिक्षा केन्द्रमा कक्षा दशको परिक्षा सञ्चालन हुने भएकाले यि केन्द्रका क्षेत्रभित्र मदिरा बिक्रि बितरण गर्न बन्द गरिएको हो।

चैत्र १६ गते बिहीबारदेखि लागु हुने गरि तिनओटै परिक्षा केन्द्र आसपास तथा परिक्षा सगं सम्बन्धित ब्यक्तिहरु बास बसेको ठाउ नजिक मदिरा बिक्रि बितरण गर्न नपाईने नगर प्रमुख भिम बहादुर चन्दद्धारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ।

परिक्षा सञ्चालन अवधिभर मदिरा बिक्रि बितरण गरिएको पाईएमा प्रचलित कानुन बमोजिम कारवाहि गरिने पनि जनाईएको छ। यसैगरि पालिकाले परिक्षा सञ्चालन अवधिभर तोकिएको दररेटभन्दा बढि मुल्यमा अन्य उपभोग्य समान बिक्रि बितरण नगर्न पनि अनुरोध गरेको छ।

चैत्र १७ गतेदेखि कक्षा दशको परिक्षा सञ्चालन हुदै छ।

Leave A Reply

Your email address will not be published.